इटहरी । गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडि बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन् भने स्नातक तह कस्तुरी कलेजमा अध्यनरत छिन् ।
सानै उमेरदेखि समाजलाई उत्प्रेरणा हैन् रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन शो तथा प्रोफेसनल फोटो सुट गरिसकेकी छिन् ।
आमा रिनु शर्माको गायकी सुन्दै हुर्किएकी शर्माले समाज रुपान्तरण गर्न कलाको महत्वपूर्ण भूमिका रहने भएकाले कला क्षेत्रमा लाग्ने रुची जागेको बताइन् । इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रममार्फत् लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्ययनमै एकाग्र छिन् ।
“जीवनले ब्रेक माग्छ, अहिलेको समय प्रतिस्पर्धा मात्रै नभएर पहिचान बनाउने पनि भएकाले फरक पहिचानका लागि औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी गरिरहेकी छु,” उनले भनेकी छिन्, “मोडलिङबाट पनि समाज रुपान्तरण गर्न सकिन्छ र गर्नु पर्दछ ।”
उनले आगामी दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कलामार्फत् जीवनलाई प्रस्तुत गर्ने समेत बताइन ।
आमा र भाइको सकारात्मक सहयोग साथै शर्माको आत्मविश्वास फोटोसूटहरुमा सहजै देख्न सकिन्छ । उनको प्रोफेसनल पोज फरक पहिचान र कलाले समाज रुपान्तरणमा छुट्टै स्थान बनाउने विश्वास गर्न सकिन्छ ।
गुन्जनका दश तस्बिर :