२९ बैशाख ०७५, काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ ।
काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृहमा आयोजना कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई सम्मान गरेका हुन् । कार्यक्रममा मेयर शाक्यले मोदीलाई महानगरको साँचो हस्तान्तरण गर्नुका साथै ५५ किलोको बुद्ध मूर्ति उपहार पनि दिएका छन् ।
मोदीको अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई प्रवेश निषेध
राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरपालिकाबाट आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा नेपाली फोटो पत्रकारलाई प्रवेश निषेध गरेकाले नेपाली फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेर राष्ट्रिय सभागृह अगाडि नै विरोध जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका पत्रकारलाई सहजै प्रवेश गर्न दिइएको कार्यक्रममा नेपाली फोटो पत्रकारले प्रवेश नपाएपछि क्यामेरा डाउन गरेर राष्ट्रिय सभागृह अगाडि नै विरोध जनाएका हुन् ।













