२७ असार, म्याग्दी । शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा क्षति पु¥याएपछि म्याग्दीको निस्कोट–३ मा रहेको रुम खोला लघु जल विद्युत् परियोजनाको विद्युत गृहमा विद्युत् उत्पादन बन्द भएको छ । परियोजना बन्द हुँदा ७०० घरधुरी उपभोक्ता प्रभावित भएको छ ।
परियोजनाका सल्लाहकार मोतीराज गौतमकाअनुसार सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका छन् ।
परियोजनाको विद्युत गृह माथिको पाखोमा दरवाङ निस्कोट सडक निर्माणका क्रममा फालिएको माटो र सडकको ढल व्यवस्थापन नहुँदा बाढी आएको हो । आइतबार दिनभरि विद्युत्गृहमा पसेको बाढी व्यवस्थापन गरे पनि जोखिम कायमै रहेकाले विद्युत् उत्पादन हुन सकेको छैन् ।