राजेन्द्र न्याैपाने/गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ क्रान्ति सम्पन्न गर्ने क्रममा पछिल्लाे समय जसरी माओत्सेतुङ कुमिङताङ पुगे त्यसै गरी म युद्धकाे थालनी गरेकाे स्थानमा नयाँ उर्जा लिन क्रान्ति भूमी गाेरखामा आएकाे बताएका छन् ।
आज गाेरखा जिल्ला स्थित माओवादी पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा उनले भावुक हुँदै भने म चिङकाङसाङ फर्केकाे छु । अग्रगामी याेजना निर्माणका लागि यही गाेरखा जिल्लामा हेडक्वाटर राखेर आफूले काम गरेकाे बताउँदै उनले २२ वर्षकाे उमेरमा गाेरखा आएर शिक्षण गर्दा देखि नै क्रान्तिकाे याेजना निर्माण गरी अहिले ४० वर्षपछि फेरी समाजवादी क्रा्न्तिकाे नयाँ फड्काे मार्न आफू गाेरखा आएकाे उनले बताए ।
आर्थिक क्रान्ति सहितकाे नयाँ समाजवादी क्रान्ति सम्पन्न गर्न गाेरखाबाट उर्जा लिएर जाने उनले बताए । अहिले जनु प्रक्रिया र व्यवहार शैली छ त्यसमा सबैमा एक रुपता नभएकाे बताए । हामी सकरात्मक रुपान्तरणतिर अघि बढ्नुपर्ने बताए । समाजवादकाे आधार निर्माण गर्न गाेरखा आएकाे हुँ । आफू एउटा मात्रै निर्वाचन क्षेत्रका उम्मेदवार नभै गाेरखाकाे र समग्र देशकाे उम्मेदवार रहेकाे बताए ।
गाेरखा जिल्ला प्रशास्त सम्भावना भएकाे जिल्ला रहेकाे उनले बताए । बेनिघाट आरुघाट लार्के सडक, बुढीगण्डकी परियाेजना, मध्य पहाडी लाेकमार्गले गाेरखालाई समृद्ध बनाउने उनले बताए ।
त्रिदेशसीय साझेदारीकाे अति महत्वपूर्ण रणनीतिकाे उत्तर दक्षिण जाेड्ने बाटाे गाेरखामा निर्माण भइरहेकाे र यसले चिन, नेपाल र भारतलाई नयाँ