३ असार ०७५, कास्की । यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौंबाट पोखराको लागि उडेको जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको हो ।
यति एयरको नाइन एन एएचयुको कलसाइन भएको उक्त जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल छन् । काठमाडौंबाट प्राविधिक बोलाएर जहाजमा देखिएको समस्या पहिचान गर्ने यति एयरलाइन्सले जनाएको छ ।