४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक आफ्ना लागि चुनौतिपूर्ण अवसर प्राप्त भएकाले परिणाममुखी काम गर्ने बताए ।
शनिबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वमा आएको गोरखा जौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले देशमा संविधान कार्यान्वयन गराउन देखि भूकम्प पुननिर्माणका काम गर्नु पर्ने भएकोले आफूलाई चुनौतीको अवसर प्राप्त भएको बताएका हुन् ।
उनले– ‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन् । मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ । यसपटक केही परिणाममूखी काम गर्नेछु ।’ भन्दै गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण भएकोले त्यसको विकासका लागि आफू लागिपर्ने बताए ।