यस्तो पो देखियो, आफूलाई राष्ट्रवादी ठान्नेको विगतका पाना पल्टाएर हेर्दा

oli-modi

२८ मंसिर, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले अघि सारेको संविधान संशोधन प्रस्तावलाई भारतको प्रस्ताव भन्दै आफूलाई उच्च राष्ट्रवादी दावी गरिरहेका छन् ।

उनको भनाइअनुसार सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस भारतको इसारामा चलिरहेका छन् । तर, अहिले राष्ट्रवादी दावी गरिरहेका केपी ओली नै भारतको इसारामा चल्ने गरेको र भारतकै लगानीमा एमालेको अध्यक्षसमेत बनेको भारतले नै खुलासा गरेको छ ।

भारतीय पत्रकार प्रशान्त झाले हिन्दुस्तान टाइम्समा लेखेको समाचारमा ओलीको उपचार, आन्तरिक पार्टी प्रतिस्पर्धा र भारतले अघि सारेका महत्वपूर्ण विषयमा समर्थन जनाउन भारतले उनीमाथि ठूलो लगानी गरेको छ ।

oli

समाचारमा उल्लेख गरिएअनुसार ओलीले भनेअनुसार माओवादी भारतको पक्षमा नउभिएपछि उनले माओवादीलाई कमजोर बनाउने रणनीति लिन भारतलाई सुझाएको समाचारमा उल्लेख छ ।

यस्तै नेपाल–भारतबीच भएको महाकाली सम्झौतालाई संसदबाट पारित गराउन पनि ओलीले भारतबाट पैसा बुझेको समाचारमा उल्लेख छ । उक्त कुरा एमालेकै युवा नेता योगेश भट्टराई, धनश्याम भुसाललगायतले ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ नामक पुस्तकमा खुलासा गरिसकेका छन् ।

यस्तै भारतको दिल्लीस्थित एपोलो अस्पतालमा दुवै मिर्गौला प्रत्यारोपण गराएका ओलीको उपचारमा समेत भारतले ठूलो लगानी गरेको छ । भारतीय विदेश मन्त्रालय र खुफीया ऐजेन्सी ‘रअ’को स्रोतलाई उदृत गर्दै लेखिएको समाचारमा केपी ओली भारतीय लगानीमै एमालेको अध्यक्ष बनेको समेत दावी गरिएको छ ।

आन्तरिक पार्टी प्रतिस्पर्धाका लागि तथा कार्यकर्ताको खर्च व्यवस्थापनका लागि भारतको विदेश मन्त्रालय र रिसर्च एण्ड एनालाइसिस विंग (रअ)ले विभिन्न प्रोजेक्टमार्फत ओलीमाथि लगानी गरेको समाचारमा उल्लेख छ ।

ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा समेत भारतबाट करोडौं रुपैयाँ बुझेको यसअघि पनि सार्वजनिक भएको थियो ।

ओली सिद्धान्ततः कन्सरभेटिभ भएका कारण नेपालको विविधता स्वीकार नगरेको, संघीयता स्वीकार नगरेको, आरक्षणको विरोध गरेको समेत उक्त फिचरको निष्कर्ष छ ।

दिल्लीको सुझाव स्वीकार गर्नुको साटो दिल्लीले बहुमतवादको दम्भ देखाउँदै अतिराष्ट्रवादको सहारा लिन खोजेको समेत आरोप लगाइएको उक्त फिचरमा ओलीले भारतमाथि सिक्किमीकरण र भुटानीकरणको आरोप लगाएको भनिएको छ । ओलीले मधेशीहरुलाई भारतीय एजेण्टकोरुपमा स्थापित गर्न खोज्दा कन्जरभेटिभका कानलाई भने मिठो लागेको उक्त फिचरको जिकिर छ ।

अघिल्लो पटक सरकार नढल्नुमा चीनको हात रहेको दावी पनि हिन्दुस्तान टाइम्सले गरेको छ । प्रचण्डलाई चीनले दवाव दिएपछि उनी हच्किएको उक्त फिचरको दावी छ ।

यो फिचरले ओली सरकार ढलेसँगै भारतको नेपालमा पुनरागमन भएको र चीनले नेपालको विविधतालाई माइक्रो म्यानेजमेन्ट गर्न नसक्ने स्पष्ट भएको समेत दावी गरेको छ ।

तपाइको मत