यातायातका कर्मचारी र ट्राफिकविरुद्ध भ्रष्टाचार मुद्धा

१२ बैशाख ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त प्रमुख सिताराम खनालसहित तीनजना बिरुद्ध मुद्दा दायर गरेको छ ।

परीक्षामा उत्तीर्ण नभएकाहरूसँग ५ देखि १५ हजार रुपैयाँ लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायातका कर्मचारी र एकजना ट्राफिक प्रहरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

२०७२ असार १६ देखि २६ गतेसम्म यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले सञ्चालन गरेको परीक्षा समितिका अध्यक्षसमेत रहेका खनाल, सदस्य मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरीबिरुद्ध विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्धा दायर गरेको हो ।

ओरोपितहरूले परीक्षामा सहभागी नभएका ८ जनालाई लाइसेन्स दिएको अख्तियारको दावी छ ।

तपाइको मत