यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ

२२ असार ०७४, रसुवा । अवैधरुपमा नेपालबाट चीनतर्फ लैजान लागेको यार्सागुम्बासहित एक चिनियाँ नागरिक रसुवागढीमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पक्राउपर्नेमा २४ वर्षीय चिनियाँ पुरुष सञ्जेही रहेका छन् ।

बुट्टेदार बट्टामा प्याकिङ गरी लुकाइछिपाइ चीनतर्फ लान लागेको अवस्थामा ती चिनियाँ नागरिकबाट २९६ थान यार्सागुम्बा बरामद गरिएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई हिमाली राष्ट्रिय निकुञ्ज ऐनअनुसार कारबाहीका लागि केही समय अगाडि लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको बताइएको छ ।

तपाइको मत