युद्ध अपराधसम्वन्धी मुद्दा खेपिरहेका लामालाई बेलायतको क्रिमिनल कोर्टले दियो सफाइ

२१ भदौ, काठमाडौं । सशस्त्र द्वन्द्वको समय कपिलबस्तुमा पक्राउ परेका जनक राउतलाई यातना दिएको उजुरी परेपछि २०१३ मा बेलायतमा पक्राउ परेर यातनासम्वन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामाले सफाइ पाएका छन् ।

K Lama

लामाविरुद्ध सशस्त्र द्वन्द्वकालमा पक्राउ परेका व्यक्तिलाई यातना दिएको भन्दै युद्ध अपराधसम्वन्धी मुद्दा लगाइएको थियो तर उनले आरोप अस्वीकार गर्दै आएका थिए ।

अन्ततः लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले मंगलबार अब तेस्रो ट्रायल नहुने घोषणा गर्दै कर्णेल लामाका लागि यो अन्तिम सुनुवाइ फैसला सुनाएको छ ।

न्यायाधीश स्वीनीले लामालाई लगाइएको आरोप प्रमाणित हुन नसकेको बताउँदै लामा अब स्वतन्त्र भएको र बेलायतको अदालतमा अर्को कारबाही नहुने फैसला सुनाएको छ ।  अब लामाविरुद्ध बेलायतको अदालतमा अर्को कुनै कारबाही प्रक्रिया सुरु गरिने छैन ।

नेपाली सेनाका कर्णेल लामा शान्ति मिसनमा खटिएकै अवधिमा बेलायतमा रहेका परिवारलाई भेट्न जाँदा पक्राउ परेका थिए ।

तपाइको मत