युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास असम्भव – प्रधानमन्त्री

३० भदौ ०८०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्रै युवाहरुलाई आशा, भरोसा र सपना जागृत गराउन साथै विदेशमा रहेका नेपालीको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव नरहेको बताएका छन् ।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशभित्रै युवाहरूलाई सुरक्षा, आत्मसम्मान र रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउँदै यस्तो बताएका हुन् ।

“युवाहरूलाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । विदेशमा रहेका लाखौं नेपाली युवाहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन,” प्रधानमन्त्रीले भनेका छन्, “त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यस दिशामा गम्भीरतापूर्वक लागिरहेको छ ।”

उनले सकारात्मक परिणाम निकाल्न युवाको उत्साह र सहभागिताको पनि उत्तिकै आवश्यकता रहेको पनि बताए ।