योजनाहरु पुरा हुन नदिए ‘फोर्स लोडसेडिङ’ – कुलमान घिसिङ

१६ माघ ०७९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरु भइसेकका र हुनलागेका योजनाहरु पुरा हुन नदिए ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने बताएका छन् ।

उनले लप्सीफेदीमा प्रसारणलाइन र सबस्टेसन नबनाउन दबाव परेपछि, काम रोकिए काठमाडौं उपत्यकामा लोडसेडिङ फर्किन सक्ने बताएका हुन् ।

काठमाडौं उपत्यकामा विद्युतको माग करिब उच्चतम् माग करिब ५०० मेगावाट पुगेको भन्दै उनले प्रसारणलाइन र सबस्टेसन नबनाउन दबाव परेपछि, काम रोकिए काठमाडौंमा प्रणालीको क्षमता र मागबीचको सन्तुलन नमिलेर ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए ।

कार्यकारी निर्देशक घिसिङका अनुसार यस्तो माग सन् २०५० सम्म ३ हजार २ सय मेगावाटभन्दा बढी हुने प्रक्षेपण छ । यसरी बढ्दो मागअनुसार बिजुलीको प्रणाली बलियो नभए काठमाडौंमा जतिसुकै बेला विद्युत वितरणमा ठूलो समस्या आउन सक्ने सम्भावना रहेको घिसिङको चेतावनी छ ।