१२ असार, अर्घाखाँची ।
भारतीय राजदूत रञ्जित रायले सन्धिखर्क पुगेर भारतीय राष्ट्रपतिको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् ।
राजदूत रायले रिपोटर्स क्लब अर्घाखाँची शाखाले सन्धिखर्कमा आइतबार आयोजना गरेको साक्षात्कारमा भारतीय राष्ट्रपतिले नेपालको र नेपालका राष्ट्रपतिले भारतको छिट्टै भ्रमण गर्ने बताएका हुन् ।
उनले छमेकी मुलुकको भ्रमणका लागि निकट भविष्यमै मिति तय हुने विश्वास व्यक्त गर्दै भ्रमणको बिषयमा कुटनीतिक पहल भइरहेको र छिट्टै दुबै देशका राष्ट्रपतिको भ्रमणको मिति तय हुने बताउँदै भ्रमणपछि नेपाल र भारतको सम्बन्ध थप प्रगाढ हुने बताए ।
तराई मधेसमा जारी आन्दोलनलाई लक्षित गर्दै राजदूत रायले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुँदा त्यसप्रति भारतको चासो हुनु स्वाभाबिक रहेको बताए ।