राजधानीमै प्लास्टिकको चामल विक्री !

२८ असार ०७४, काठमाडौं । सरकारी अधिकारीहरु काठमाडौंमै पहिलो पटक प्लास्टिकको चामल विक्री गरेको उजुरी परेपछि अनुसन्धानमा जुटेमा छन् ।

प्लास्टिकको चामल विक्री गरेको उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंलेले सानो भर्‍याङस्थित शेरचन ब्रदर्श प्रालीका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ ।

शेरचनको खाद्य स्टोरबाट बरामद भएको चामलको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बरामद चालम प्लास्टिकको हो/होइन भन्ने पत्ता लगाइने बताएका छन् । उनकाअनुसार प्रहरीले नै चामल प्लास्टिकको भएको हुन सक्ने भन्दै परीक्षण गर्न ल्याएको हो ।

‘हामीले पनि बाहिर कृत्रिम चामल बन्छ भन्ने सुनेका हौं । प्रहरीको दाबीले हामीलाई पनि अच्चम्मित बनाएको छ’ वस्तीले भने, ‘नेपालमा त्यस्तो चामल बिक्री भएको पाइए चामलको गुणस्तरमा निगरानी बढाउनुपर्ने अवस्था आउँछ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले पनि प्लास्टिकको चामल बेचेको उजुरी परेपछि शेरचनलाई नियन्त्रणमा लिएर चामलको नमुना पठाएको स्वीकार गरे ।

उनका अनुसार शेरचन प्रहरी हिरासतमै छन् । तर, शेरचनले प्लास्टिकको चामल विक्री नगरेको भन्दै चामल उसिनेर राखेकाले चाम्रो भएको बयान दिएका छन् ।

तपाइको मत