१३ पुस, कपिलवस्तु । पत्रकार महासंघको विधानत योग्यता पुगेका पत्रकारहरुले राजनीतिक भागबण्डाका आधारमा जिल्लामा क्रियाशील पत्रकारहरुलाई सदस्याता वञ्चित गरेपछि कपिलवस्तुका पत्रकारहरुले महासघंको शाखा कार्यालयमा ताला लगाएका छन् ।
नेपाल पत्रकार महासघको सदस्यता नपाएको भन्दै कपिलवस्तुका क्रियाशील पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने भन्दै महासंघ कार्यालयमा ताला लगाएका हुन् ।
कपिलवस्तुका पत्रकार बासुदेव बर्माको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको पत्रकार बर्माले वताएका छन् ।
महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।