३१ चैत विराटनगर । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले राजनीतिक समस्या समाधान गर्न सकिने भए दुई चरणमा स्थानीय तहको चुनाव गर्न आयोग तयार रहेको बताएका छन् ।
निर्वाचन आयोगले विराटनगरमा संचालन गरेको निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा यादवले सबैले आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणको सुनिश्चित भएको खण्डमा निर्वाचन आयोग दुई चरणमा निर्वाचन गर्न तयार रहेको बताएका हुन् ।
स्थानीय तहको निर्वाचन ऐतिहासिक निर्वाचन भएको भन्दै उनले जनताले आफ्नो मताधिकार मार्फत आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर भएकाले राजनीतिक समस्या समाधानको लागि सरकारलाई पहल गर्न पनि आग्रह गरे ।
प्रमुख आयुक्त यादवले नेपाली सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको प्रष्ट पार्दै सुरक्षाको जिम्मा नेपाल सरकारको जिम्मेवारी रहेको बताउँदै स्थानीय तहको निर्वाचनको सुरक्षा नेपाल प्रहरी र शसस्त्र प्रहरी कै सुरक्षा घेरामा हुने बताए ।