राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य – गच्छदार

३ बैशाख ०७४, विराटनगर । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको बताएका छन् ।

गच्छदारले सुनसरीको पूर्व कुसहामा शनिबार आयोजित नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रममा राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै स्थानीय निर्वाचन सबैले उपयोग गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले मधेसवादी दलहरुले स्थानीय निर्वाचनको विरोध गरेर गल्ती गरेको भन्दै  कुनै पनि अतिवादी सोच मुलुकको राजनीतिक स्थिरताका लागि घातक हुने बताए ।

आदिवासी जनजाति तथा थारुको माग सम्बोधनका लागि संविधानको संशोधन आवश्यक रहेको भन्दै उनले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागि हुन आग्रह गरे ।

तपाइको मत