३१ जेठ ०७४, सप्तरी । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन् ।
राजपा कार्यकर्ताहरुले तालिमस्थल पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।
राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।राजपाको अवरोधपछि तालिम स्थगित भएको छ ।