२८ जेठ ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आइतबार पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
राजपाको बैठकले असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।
उम्मेद्वारहरूकाे मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएकाे छ ।
त्यसैगरि उसले असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने जनाएकाे छ ।