राजपालाई निर्वाचनमा सहभागी गराउन दलसम्बन्धि ऐन-२०७३ संशोधन !

२८ जेठ ०७४, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ पुनः संशोधन गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन गर्न संसदमा विधेयक दर्ता गराउने निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन राजनीतिक दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक संसदमा दर्ता गराउने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

दल दर्ता गर्न नपाए पनि ६ वटा दल भित्रकै चुनावचिन्ह लिएर निर्वाचनमा जाने व्यवस्था गर्न सरकारले राजनीतिक दल सम्बन्धि ऐन संशोधन गर्न लागेको हो ।

सरकारले राजनीति दलसम्बन्धि ऐन, २०७३ संशोधन विधेयक सोमबार पारित गरिसक्ने पनि स्पष्ट पारेको छ ।

तपाइको मत