६ साउन ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले पदाधिकारी र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
दल दर्ता भएपछि शुक्रबार पहिलो पटक बसेको अध्यक्ष मण्डलको बसेको बैठकले १८ देखि २० गतेसम्म पदाधिकारी बैठक बोलाएको हो । २१ गतेबाट केन्द्रीय समितिको बैठक बस्नेछ ।
‘बैठकमा विगतको समिक्षाका साथै भावी रणनीतिबारे छलफल हुनेछ’ अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने ।
राष्ट्रिय जनता पार्टीले पहिलो र दोस्रो चरणको चुनाव बहिस्कार गरेको छ । अहिले पनि संविधान संशोधन नभए असोज २ मा हुने तेस्रो चरणको चुनावमा पनि नजाने अडानमा छ ।