२९ साउन ०७४, रौतहट । आज बिहान सुरक्षित प्रसुति गराउन लैजाँदै गर्दा भएको जिप दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई आकस्मिक अवस्थामा प्रसुति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा एकै घर परिवारका ६ सदस्यको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीकाअनुसार अस्पतालमा सुरक्षित प्रसुति गराउन लैजाँदै गर्दा भारतीय जिप बाढीले कटान गरेको सडकमा दुर्घटना हुँदा आमा सुमित्रादेवी, पाँच वर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज र भाउजु ललितादेवीको मृत्यु भएको छ । जिप चालक फरार रहेका छन् ।
यसैबीच देवाही गोनाहीमा एक वृद्धाको मृत्यु भएको प्रहरीले बताएको छ भने सो क्षेत्रमा लाल बकैया नदीले कटानी गरेपछि साविक देवाही गाविस र करुनिया गाविसका बासिन्दा बाढीको घेरामा परेका छन् ।