राजविराजमा लोक सेवा आयोगद्वारा निकालिएको बिज्ञापनको प्रतिलिपि जलाइयो

२२ जेठ ०७६, सप्तरी । राजपा नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघका विद्यार्थीहरुले लोकसेवा आयोगद्वारा निकालिएको बिज्ञापनको बिरोध गर्दै राजविराजमा सो विज्ञापनको प्रतिलिपी जलाएका छन् ।

राजबिराजस्थित जनआन्दोलन चौकमा राष्ट्रिय विद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादबको नेतृत्वमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपत्ति जनाउदै बिज्ञापनको प्रतिलिपी जलाएका हुन् ।

यस्तै, राष्ट्रिय बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले लोक सेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र गर्दै विज्ञापन प्रकाशन गरेको आरोप लगाउनु भएका छन् । समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित गरेको उहाँको आरोप छ ।

राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतिले मुलुकलाई पश्चगमनतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।

महिला, दलित, मधेशी, थारु, जनजाति, मुस्लिम समेतलाई राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको राजपा नेपालले समेत विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

आरक्षरण सम्बन्धि प्रतिशत निर्धारण नयाँ संघीय निजामति ऐन नआएसम्मको लागि ४५५ लाई शतप्रतिशत मानी ३३५ महिला, २८५ आदिवासी जनजाति, २२५ मधेशी, ९५ दलित हुने व्यवस्था रहेको तर, कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुटाछुटै रुपमा हिसाब गरी निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रक्रियालाई तहसनहस गरेको भन्दै सो विज्ञापन फिर्ता लिन राजपा नेपालले माग समेत गरेको छ ।

तपाइको मत