राजविराज घटनामा सरकारको कमजोरी – संसदीय छानविन समिति

२७ चैत, काठमाडौं । सप्तरीको राजविराजमा ५ जनाको मृत्यु हुने गरी भएको घटनामा सरकारको कमजोरी देखिएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ ।

saptari

समितिले मृतकका परिवारलाई राहत दिन र घटनापछि बिस्थापित भएका एमालेका स्थानीय नेता कार्यकर्ताको सुरक्षामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

ग्ात फागुन २३ गते एमालेको मेची महाकाली अभियानका क्रममा राजविराजको आयोजित आमसभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ५ जनाको मृत्यु भएको थियो ।

घटनाको छानविन गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले कांग्रेस सांसद मुख्तार अहमदको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो ।

उपसमितिले घटनास्थल र मृतकहरुको घरमै पुगेर घटनाबारे जानकारी लिनुका साथै सुरक्षा निकाय, मधेसी मोर्चा, एमाले र जिल्लास्थित अन्य राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरुसँग परामर्श गरेको थियो ।

संसदीय समितिले एमालेको मेची महाकाली अभियान मधेसमा प्रवेश गर्ने नदिने र निषेधको व्यवहार देखाउने मोर्चाको गतिबिधि अलोकतान्त्रिक रहेको ठहर गरेको छ ।

त्यस्तै गोली चलाउनुपर्ने परिस्थिति नभई गोली चलेको, मृतकमध्ये कतिपयको छाती, टाउको र पेटमा गोली लागेको र घाइतेको पनि घुँडाभन्दा माथि गोली लागेको देखिएको उपसमितिले जनाएको छ ।

सप्तरी घटनापछि एमालेको जिल्लास्तरीय नेताहरु विस्थापिपत भएकाले उनीहलाई निर्वाध रुपमा घर फर्किन र आफ्ना जीवनयापनगर्न सक्ने वातावरणको निर्माण गर्न सरकारलाई सचेत गराइएको समितिकी सदस्य बसुन्धरा रोकायले बताइन् ।

उपसमितिले जथाभाबी गोली चलाउने सुरक्षाकर्मीलाई कानुनी कारवाहीको दायरमा ल्याउन र अब यस्ता घटना हुन नदिनेतर्फ सचेत गराएको छ । सप्तरी घटनामा सरकारको कमजोरी देखिएको उपसमितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन उपसमितिले समितिमा बुझाएको छ ।

तपाइको मत