राजेन्द्र महतोको काठमाडौंमा मात्रै ४ रोपनी भन्दा बढी जग्गा, ९५ तोला सुन ?

rajendra-matahos-property

तस्बिर : अनलाइनखबरबाट ।

१ माघ, काठमाडौं ।

विमानस्थलमा लोडरको जागिर खाइरहेका भए सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा घर र करोडौंको जग्गा किन्न सायदै सम्भव थियो । तर, राज्यले हेपेको तर्क गर्दै पटक–पटक मन्त्री बनेका महतोका लागि मधेसको राजनीति आर्थिकरुपमा फलीफापपूर्ण भएको देखिएको छ । मधेसका गरीब एवम् उत्पीडित जनतालाई पहाडे समुदाय र काठमाडौंविरुद्ध भड्काउँदै हिँडेका तिनै महतोले काठमाडौंका विभिन्न ठाउँमा ४ रोपनीभन्दा बढी जमीन किनेको तथ्य भेटिएको छ ।  यो तथ्य थाहा पाउने हो भने मधेसमा आन्दोलनरत उनका दलका कार्यकर्ता तीन छक्क पर्न सक्छन् ।

राज्यले मधेसी जनतालाई हेरेन भन्ने महतो आफूले चाँहि राज्यका निकायमा अवसर पाउनासाथ कार्यकर्ताको साटो आफ्नै पत्नी र परिवारलाई रोज्ने गरेको कसैसँग छिपेको छैन् । महतो र उनको परिवारको नाममा काठमाडौंमा करोडौं मूल्य पर्ने जग्गा जोडेका छन्, जसको स्रोत स्पष्ट छैन् । अनलाइनखबरमा खबर छ ।

तपाइको मत