राजेन्द्र महतोमाथिको हमला गोर्खाली शासकको योजनामा – मातृका

१२ पुस, जनकपुर ।

नेकपा (माओवादी)का संयोजक मातृका यादवले शनिबार विराटनगर–जोगवनी तर्फबाट नाराबाजी गर्दै आउँदा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो माथि भएको घटनाको भत्र्सना गरेका छन् ।

DSC00484

‘विराटनगर–जोगवनी नाकामा गोर्खाली शासकहरुको योजनामा राजेन्द्र महतो र दिलिप धारेवाल लगायतका आन्दोलनकारीहरुमाथि साङ्घातिक हमला भएको’ भन्दै संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिको समेत संयोजक रहेका यादवले उक्त घटनाको ‘घोर भत्र्सना र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं’ भनेर आफ्नो फेसबुकमा लेखेका छन् ।

बिराटनगर घटनाको न्यायिक छानविन हुनुपर्छ : मधेसी मोर्चा

आइतबार साँझ सिंहदरबारमा बसेको मधेसी मोर्चाको बैठकले सद्भावना पार्टीका अध्यक्ष महतोमाथि भएको लाठी प्रहारको घटनाको भत्र्सना गर्दै सरकारले वार्ताको ढोका बन्द गर्न खोजेको आरोप लगाउँदै मोर्चाका नेता राजेन्द्र महतोमाथि भएको घटनाको  छानविनका लागि न्यायिक समिति गठनको माग गरेको छ । साथै, बैठकले सरकार वार्तामार्फत आन्दोलनका एजेण्डान सम्बोधन गर्न गम्भिर नदेखिएको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।

तपाइको मत