राजेन्द्र महतो र भारतीय राजदूतबीच के भयो छलफल ?

२४ मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावका विषयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय राजदूत रञ्जित रायसँग छलफल गरेका छन् ।

संशोधन प्रस्तावको विषयमा छलफल गर्न अध्यक्ष महतो बिहीबार भारतीय दूतावास गएका थिए । त्यहाँ उनले राजदूत रञ्जित रायसँग छलफल गरेको स्रोतले बताएको छ ।

राजदूत रायलाई भेट्न महतो करिब ११ बजे लैनचौर पुगेका थिए । त्यहाँ उनी करिब साढे १२ बजेसम्म बसेका थिए । बानेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको पार्टी बैठक अघि महतो लैनचौर गएका हुन् । दूतावासबाट निस्किएपछि उनी सोझै पार्टी कार्यालय गएका थिए ।

सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमाथि छलफल गर्न महतो दूतावास गएको पार्टी स्रोतले बताएको छ। रायलाई भेट्न लैनचोर गएपनि खास के कुरा भयो भन्नेबारे खुलाईएको छैन् । आजको नागरिक दैनिकमा खबर छ ।

तपाइको मत