८ माघ, काठमाडौं । सामान्य प्रशासन मन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकमा सरकारबाट दोहोरो सुविधा लिन नपाउने प्रस्ताव ऐनमै व्यवस्था गर्ने निर्णय गर्न प्रस्ताव गरे अनुसार शुक्रबारको मन्त्रिपरिषद बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको छ ।
मन्त्रीस्तरको परिपत्रबाट दोहोरो सुविधा लिन नपाउने गरी परिपत्र हुने गरे ऐनमा स्पष्ट उल्लेख नहुँदा दोहोरो सुविधा लिने क्रम नरोकिएपछि सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको हो । यो निर्णयसँगै एकपटक सार्वजनिक पद धारण गरेको व्यक्ति अवकाश भएर पुनः सरकारी सेवा सुविधा पाउने गरी कतै नियुक्त भयो भने पेन्सन लिइरहने कि नयाँ नियुक्ति भए वापतको तलब खाने भन्ने निर्णय गर्नु पर्नेछ ।