२१ साउन ०७७, काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर आजदेखि सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।
गृह मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरिएको जनाएको हो ।
मन्त्रायलका सह–सचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले काठमाडौं कोरोना संक्रमण बढेका कारण ‘अत्यावश्यक सेवामा लागू नहुने’ गरी यस्ता निर्णय गरिएको बताएका छन् ।