राजधानीको विषयलाई लिएर धनगढी ठप्प

११ असोज ०७५, धनगढी । प्रदेश ७ को राजधानी धनगढीबाट सार्न लागिएको विरोधमा धनगढीमा बजार, यातायात र शिक्षण संस्थाहरु ठप्प भएका छन् ।

प्रदेशसभाले साउन १४ गते राजधानी र नामका लागि सुझाव दिन नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो ।

उक्त समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित तेघरी ब्यारेकनजिक वन क्षेत्रमा राख्न सुझाव दिएपछि धनगढीमा बिरोध सुरु भएको हो ।

धनगढीबासी बिहानैदेखि सडकमा उत्रिएर माइकिङ गर्दै स्वस्फूर्तरुपमा चर्का नाराबाजी गर्दै स्थानीय सडकमा उत्रिएपछि संसद भवन, विभिन्न मन्त्रालय आसपासमा ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालित गरिएको छ । नगरका चोकचोकमा प्रहरी तैनाथ गरिएका छन् ।

तपाइको मत