२० असार ०७४, बाँके । नेपालगञ्ज उपमहागरपालिकाकाे प्रमुख पद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे पाेल्टामा परेको छ ।
राप्रपाका उम्मेदवार धवल शम्शेर राणाले १२५१५ मत ल्याएर स्थानीय तहको चुनावमा राप्रपाले उपमहानगरपालिकामा पहिलो जित हात पारेको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८७३० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसकी उमा थापमगर १०७३१ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८९२४ मत ल्याएकी छन् ।