राप्रपाका पशुपतिले राष्ट्रिय अध्यक्ष छाडेपछि सम्हाल्दै लोहनी

१३ माघ, काठमाडौं । आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले पद छाडेका छन् ।

राष्ट्रिय अध्यक्ष पदको जिम्मेवारी बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई दिइएको छ । उनले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

राप्रपाका अनुसार अखण्ड पार्टी नेपालले राप्रपासँग पार्टी एकताका लागि केन्द्र्रीय समितिबाट निर्णय गरेर आउन आग्रह गरेसँगै राप्रपाले अखण्ड पार्टीसँग एकताबारे छलफल गर्न उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा टोली समेत बनाएको छ ।

तपाइको मत