राप्रपाको संसदीय दलको बैठक बस्दै

२७ असार ०८१, काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठक बस्दैछ ।

राप्रपाले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार लिन लागेको विश्वासको मतबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकले प्रधानमन्त्री प्रचण्डलाई मत दिने वा नदिनेबारे निर्णय गर्नेछ ।