राप्रपा र जसपा सरकारमा जाने

२२ पुस ०७९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएका छन् ।

शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्व रहेको सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएसँगै राप्रपा र जसपा सरकारमा जाने भएका हुन् ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनेदेखि दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसम्म रहेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।

उनले मस्यौदा भोलि नै शीर्ष नेताहरुलाई बुझाउने बताउँदै भने, ‘हामीले तयार पारेको प्रस्तावमा केही हेरफेर गर्न सक्छन् ।’

माओवादी केन्द्र र राप्रपाले चुनावी घोषणापत्रमा २०४७ साल यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने बताउँदै आएका थिए भने रास्वपाले भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संयन्त्र बनाउने बताएको थियो ।