३० साउन, काठमाडौं । नेविसंघ महाधिवेशन विवाद समाधान निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले प्रतिनिधि फर्जी भएको भन्दै रामचन्द्र पौडेल समूहले चुनावी प्रक्रिया रोक्न माग गरे पनि महाधिवेशन नरोकिने बताएका छन् ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरेको निर्देशक समिति संयोजक महतले महाधिवेशन कुनै हालतमा नरोकिने बताएका हुन् । उनले फर्जी प्रतिनिधि छनौट गरिएको भनेर हल्ला चलाइए पनि त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।
पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप अर्को पक्षले लगाएको छ नि भन्ने पत्रकारको जिज्ञासामा महतले सभापतिजीले त्यस्तो चाहेको भए, अहिले अवसर थियो नि, तर उहाँको चाहना महाधिवेशन मार्फत चुनावबाटै नेतृत्व चयन गर्नु भएको बताए ।