३ मंसिर ०८०, काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूजास्थलमा पुगेर छठ पूजा तथा आराधना गरेका छन् ।
राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको पूजास्थल पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।
राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेका थिए ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान एक सन्देश जारी गरेर छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।