राष्ट्रपतिद्वारा बहुमतीय सरकारका लागि आह्वान

१८ जेठ ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् ।

राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न बिहिबार आह्वान गरेकी हुन् ।

राष्ट्रपतिले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन ।

अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने छ भने प्रधानमन्त्रीको दौडमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन् ।

तपाइको मत