७ बैशाख ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरमा नवदुर्गा भवानीको पूजा गर्नुका साथै अवलोकन गरेकी छन् ।
भण्डारीले भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचका साथै स्थानीय हस्तकलाका सामग्रीको समेत अवलोकन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले अवलोकनपछि देवगणलाई दक्षिणा दिएकी थिईन् ।