राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुखसँग भेट

८ फागुन ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशका प्रदेश प्रमुखसँग भेट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बुधबार राष्ट्रपति कार्यालय भवन शितल निवासमा प्रदेश प्रमुखहरु देवेन्द्र तुम्बाहाङ, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा र दुर्गाकेशर खनालसँग भेट गरेकी हुन् ।

भेटमा प्रदेश प्रमुखहरुले हालसम्म आफूले सम्पादन गरेका काम र आफ्ना अनुभव राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

तपाइको मत