राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत

३१ साउन ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बुधबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट प्राप्त नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत गरेका छन् ।

आइतबार राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयक फिर्ताको संदेश प्रस्तुत गरेर सदनलाई जानकारी गराइएको हो ।