११ कार्तिक ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक १२ देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैछिन् ।
मन्त्रीपरिषद्को बैठकले गोरखापत्र संस्थापनका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।