२२ बैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई भेट गरेका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन सम्बन्धी प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टीको स्थायी समिति बैठकको निर्णय सुनाउँदै एमाओवादीकै नेतृत्वमा नयाँ सरकार गठन कार्यमा सघाउन आग्रह गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेका हुन् ।