राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१४ असार ०८१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ताका क्रममा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।