राष्ट्रपति विद्यादेवीद्वारा विद्यापति पुरस्कार प्रदान

२१ असार ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्यापति पुरस्कार कोषबाट सञ्चालित विभिन्न विधाका पुरस्कार प्रदान गरेकी छिन् ।

मंगलबार राष्ट्रपति भण्डारीले विद्यापति कोषले आयोजना गरेको समारोहमा पाँच विधाका पुरस्कार प्रदान गरेकी हुन् ।

रु. दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई प्रदान गरिएको छ भने रु. एक–एक लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्रा.डा. वीरेन्द्र पाण्डे, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार मुरलीधर विश्वकर्मा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार नवीनकुमामर मिश्र र नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार अवधेष पोखरेललाई प्रदान गरिएको छ ।

मैथिली साहित्यका आदिकवि विद्यापतिको सम्मानमा नेपाल सरकारले विसं २०६८ मा रु एक करोड अनुदान दिई सो कोष स्थापना भएको थियो भने यस वर्ष दिइएको पुरस्कार पाँचाैँ श्रृङ्खला हो ।

तपाइको मत