राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरुलाई अनुरोध

१९ मंसिर ०७९, काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

केन्द्रले पत्राचार गर्दै भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) निर्माण तथा पुस्तकालय स्थापना कार्यक्रम कार्यान्वयन निर्देशन दिएको हो ।

केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुइ कोठे भवन निर्माणका लागि तराईमा भए २२ लाख ५० हजार, पहाडमा भए २५ लाख र हिमालमा भए २७ लाख ५० हजारका दरले र चारकोठे भवन निर्माणका लागि तराईमा भए ४५ लाख, पहाडमा भए ५० लाख र हिमालमा भए ५५ लाखका दरले रकम दिँदै आएको छ ।