राष्ट्रिय अखण्डताका लागि जनमुक्ति सेना परिचालन हुनसक्ने चीनको चेतावनी

२५ साउन ०७४, एजेन्सी । चीनले आफ्नो राष्ट्रिय अखण्डता र स्वार्थको रक्षाका लागि आवश्यक परे जनमुक्ति सेना कार्वाहीमा उत्रन सक्ने बताएको छ ।

मंगलबार साँझ चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा प्रकाशित सम्पादकीयमा भारतबिरुद्ध चीनको जनमुक्ति सेना परिचालन हुनसक्ने उल्लेख गरिएको छ । चीनले आफूलाई कम नआक्न भारतलाई चेतावनी दिएको छ ।

सीमावर्ती डोक्लम क्षेत्रबारे उत्पन्न भारत-चीन तनावले दुई एसियाली मुलुकबीच युद्द हुनसक्ने अड्कल बाजी भइरहँदा चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।

राष्ट्रिय सावैभौमिकता, सुरक्षा र विकासका हितको रक्षाका लागि चिनियाँ सेनाको निर्माण भएको सम्पादकीयमा उल्लेख छ ।

‘आजका मितिसम्म चिनियाँ फौज अधिकतम सहेर बसेको छ । तर सहनशीलताको पनि सीमितता हुन्छन् । त्यसरी चुप बस्ने संभावना हरेक दिन कम हुंदै जान्छन्’ सम्पादकीयमा भनिएको छ, ‘अन्ततोगत्वा चीनले आफ्नो हितका लागि जे गर्नुपर्छ,त्यो गर्ने नै छ । भारतले भ्रमहरु त्यागोस् र कहालीलाग्दो परिणाम आउनबाट आफूलाई बेलैमा टाढा राखोस् ।’

भारतले डोक्लाम क्षेत्रमा गत जुनदेखि सैन्य उपस्थित कायम राखेका कारण चीनको सार्वभौमिकतामा आँच पुगेको मात्र नभई क्षेत्रीय स्थीरताका लागि ठूलो चुनौती पैदा गरेको उक्त सम्पादकीयमा उल्लेख छ ।

यदि डोक्लाममा सीमा विवाद भएपनि त्यो चीन र भुटानबीचको मात्र मुद्दा हुनुपर्ने सिन्ह्वाले लेखेको छ । ‘डोक्लाममा भारतको कुनै सरोकार छैन’ सिन्ह्वा लेख्छ ‘चीनले भुुटानलाई स्वतन्त्र सार्वभौम मुलुकका रुपमा सम्मान गर्छ र भारतले भुटानलाई पूर्ण रुपमा आफू संरक्षित राज्य मान्छ भने चीनले त्यसको बिरोध गर्छ ।’

भारतले क्षेत्रीय शक्ति हुनुका नाताले कमजोर या शक्तिशाली जोसुकै आफ्ना छिमेकीसँग गैह्रजिम्मेवारपूर्ण तरिकाले आक्रमणमा उत्रिनुभन्दा पनि सभ्य तरिकाले व्यवहार गर्नुपर्ने भारतको दायित्व रहेको उक्त सम्पादकीयमा लेखिएको छ ।

तपाइको मत