बिराटनगर । राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी छिन् ।
नेपाली खेलकुदको महा-मेला मानिने राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रपति भण्डारीले बिराटनगरको शहीद रंगशालामा औपचारिक उदघाटन गरेकी हुन् ।
राष्ट्रिय खेलकुदको सातौं संस्करण सुरु भएसँगै पूर्वाञ्चल खेलकुदमय बनेको छ ।
उदघाटन कार्यक्रममा विशेषरुपले सिंगारिएको रंगशालामा खेलाडीहरुले मार्चपास गरेका थिए भने कलाकारहरुले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।