५ चैत, काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै निर्वाचन आयोगले यो निर्णय नसच्याए चुनावसमेत बिथोलिन सक्ने राप्रपाले चेतावनी दिएको छ ।
राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया स्वरुप संविधानबाट धर्मनिरपेक्षता हटाउन र हिन्दु राष्ट्र राख्न माग गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ ।
शनिबार राप्रपा प्रवक्ता रोशनद्वकार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा धर्म निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र स्थापनाको माग गर्दै संविधान संशोधन प्रताव पेश गर्ने जनाइएको छ ।