राष्ट्रिय बाणिज्य बैंकको दादागिरी : हाकिमकै मिलेमतोमा लाखौं ठग्ने दाउ

२० बैशाख, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूँजी बजार, उपभोक्ता कर्जा लगायत क्षेत्रमा ग्राहकलाई विविध बैंकिङ्ग सेवा दिँदै देशको अर्थतन्त्रका लागि उपयोगी कदम चाल्दै आइरहेको दावी गर्दै आए पनि सेवाग्राहीलाई विभिन्न वाहनामा ठग्नेसम्मको प्रवृत्ति देखिएको फेला परेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाममा बिचौलिया र बैंकका उच्चस्तरका केही कर्मचारीहरुको मिलेमतोमा सेवाग्राहीको धितो जमानत राखेको घर–जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऋण असुली न्यायाधिकरणको हवला दिँदै अदालतको आदेश विपरीत सेवाग्राहीलाई घरबास उठाई बिचल्ली बनाउने कामा लागेको छ ।

बैंकले आफू निकटस्थ तथा कमिसनको खेल गर्न सक्नेको हकमा असुलउपर गर्नुपर्ने करोडौं रुपैयाँ ऋण रकम छुट दिई कर्जा राफसाफ गर्ने गरेको प्रमाण समेत फेला परेको छ । भरतपुर नगरपालिकाकी गंगादेवी पुन मगरले आफ्नो जग्गा छिमेकीलाईजमानत राखेर ख्ण निकाल्न दिएसँगै बैंकको यस्तो व्यवहार बाहिर आएको हो ।

यस्तो छ काण्ड

गंगादेवी पुन मगरको नाममा दर्ता कायम रहेको चितवन जिल्ला, भरतपुर न.पा. वडा नं. ९ (क) स्थित कित्ता नं. ७२६ र ७२७ को क्रमशः क्षेत्रफल ०–१–३.५ र ०–११–१६.५ जम्मा (१३ कट्ठा) जग्गाको ‘लालपुर्जा’ गंगादेवीले छिमेकका दामोदर न्यौपानेले केही समय मात्रै बैंकमा राख्ने भनेर जग्गा धनी पूर्जा दिनुस् म दामोदर न्यौपानेले सावाँ–व्याज र कुनै कारणवश क्षति भए हर्जना समेत तिरेर तपाईंको जग्गा धनी पुर्जा फिर्ता गरिदिन्छु भनेर आग्रह गरेपछि ‘छिमेकी हो’ भनेर विश्वास गरी न्यौपानेलाई जग्गा धनी पुर्जा  दिएकी थिइन् । तर, दामोदर न्यौपानेले सो लालपुर्जा गंगादेवीले थाहै नपाई त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.का प्रोपाइटर रोहित श्रेष्ठलाई दिएको बताइन्छ ।

रोहित श्रेष्ठ लगायत त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.का सञ्चालकहरुले राष्ट्रिय बाणिज्य बैंकसँग ऋण लिने सिलसिलामा सो जग्गा बैंकको भैरहवा शाखामा धितो राखेर रु. १९ लाख ५० हजार रुपैयाँ  ऋण लिएका थिए ।

गंगादेवीले दामोदर न्यौपानेलाई मेरो लालपुर्जा फिर्ता गरिदिनु भनेर ताकेता गर्दा न्यौपानेले तपाईं (गंगादेवी पुन)को लालपुर्जा बैंकमा राखिएको छ । यदि तपाईंलाई लालपूर्जा तुरुन्तै चाहिएको हो भने मलाई रु. ६ लाख रुपैयाँ दिनुस्, मलाई तपाईंको ऋण नै भयो । त्यो नबुझाए बैंकले लालपूर्जा दिँदैन भनेपछि गंगादेवीले न्यौपानेलाई रु. ६ लाख रुपैयाँ समेत बुझाएकी थिइन् । तर, दामोदर न्यौपाने लालपूर्जा भोलि–पर्सि आउँछ भन्दै गायब भएको पीडितको गुनासो रहेको छ ।

दामोदर न्यौपाने सम्पर्कमा नआएपछि औंठाछाप गंगादेवी पुन मगर राष्ट्रिय बाणिज्य बैंक, भैरहवाको सम्पर्कमा पुग्दा त्रिवेणी डिस्टीलरीले बैंकसँग लिएको ‘ऋण’ बैंकलाई नबुझाएकै कारण गंगादेवीले आफ्नो सो जग्गा लिलामी प्रक्रियामा गएको थाहा पाइन् ।

तर, राष्ट्रिय वाणिज्य बैंक, भैरहवा शाखा म्यानेजर शंकर पहाडीले जग्गा लिलामीमा जान नदिने हो भने बैंकमा तुरुन्त केही रकम जम्मा गर्नु भनेपछि गंगादेवीले ऋण खोजेर जग्गा फुकुवा गर्न २०७१/८/८ गते रु. २ लाख रुपैयाँ र त्यसपछि २०७१/११/१२ गते रु. १५ लाख रुपैयाँ र अर्को पटक रु. १० लाख रुपैयाँ गरी राष्ट्रिय बाणिज्य बैंकमा कूल रु. २७ लाख रुपैयाँ जम्मा गरिन् ।

(हेर्नुस्: भौचरको प्रतिलिपिसहित)

1
बैंककले भने बमोजिम रकम जम्मा गरेपनि बैंकले घर जग्गा लिलामी बिक्रीको सूचना प्रकाशित गर्न भने छाडेन् । लिलामी सूचनाको बुँदा नम्बर १२ मा ‘बोल पत्र खोलिनु अगाबै ऋणीको तर्फबाट बैंकको नियमअनुसार बैंकलाई भुक्तानी गर्नु पर्ने रकम बुझाएमा लिलाम बिक्री रद्द गर्न सक्नेछ ।’ भनेर लेखिए पनि भुक्तानी बुझाउँदा समेत बैंकले प्रक्रिया नै नरोकेको पाइएको पीडित बताउँछन् ।

(हेर्नुस् : २०७१/१०/२३ को गोरखापत्रमा प्रकाशित सूचना)

6

बैंकले अन्याय गरेको भन्दै गंगादेवीले रु. २७ लाख रुपैयाँ तिरेको भौचरसहित पुनरावेदन अदालत पाटन, ललितपुरको ढोका ढक्ढक्याउन पुग्दा अदालतले उनकै पक्षमा फैसला गरेको थियो ।
निवेदक जमानीकर्ताले तिर्नुपर्ने रकम स्पष्ट गरी दायित्व पूरा गरेका बखत कानुन बमोजिम जेथा फुकुवा गरिदिनु भनेर अदालतले परमादेश जारी गरे पनि बैंकले भने केही कर्मचारीको मिलेमतोका अझैसम्म पनि धितो फुकुवा गरेको छैन् ।

(हेर्नुस्: पुनरावेदन अदालत पाटन, ललितपुरको फैसला)

9

10

11
राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयका डिपुटी जनरल म्यानेर सुशील श्रेष्ठ लगायतको त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.का मालिक रोहित श्रेष्ठ र उनका भाइ सोभितप्रसाद श्रेष्ठसँगको मिलेमतो र साँठगाँठका कारण पीडितलाई झुलाउने काम भइरहेको थाहा भएको छ ।

बैंकले भने बमोजिम नै २७ लाख रुपैयाँ जम्मा गर्दा समेत गंगादेवीले जग्गा फुकुवा पाएकी छैनन् । उनको लालपूर्जाबाट निकालिएको रु.१९ लाख ५० हजारको साँवा व्याजसहित २७ लाख जम्मा गरेपछि बैंकले स्वतः रुपमा उनको जग्गा फुकुवा गर्नु पर्नेमा बैंक र ऋण असुली न्यायाधिकरणले जग्गा फुकुवा गरेका छैनन् ।

सोही बैंकले एउटै सूचनामा कैलाश कार्टुन बक्स प्रा.लि. तथा पशुपति बक्स प्रा.लि.को कर्जा चुक्ता गर्ने सम्बन्धमा साँवा र साँवा र रकमको ५० प्रतिशत व्याज लिएर बाँकी व्याज मिनाहा दिई कर्जा राफसाफ गर्ने निर्णय गरे पनि गंगादेवीले भने २७ लाख जम्मा गर्दा समेत पाएकी छैनन् ।

रोहित श्रेष्ठ लगायत त्रिवेणी डिस्टीलरी प्रा.लि.का सञ्चालकले राष्ट्रिय बाणिज्य बैंकसँग ऋण लिने सिलसिलामा गंगादेवीको जग्गा राष्ट्रिय बाणिज्य बैंकमा धितो राखेर १९ लाख ५०  हजार ऋण लिएको तर राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरु डिजीएम सुशील श्रेष्ठ, कर्जा प्रमुख भरत केसी, कर्जा उप प्रमुख सुदर्शन पन्त पूर्व कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्मा साथै पूर्व कर्जा प्रमुख नरेश अर्याल लगायतका टीम त्रिवेणी डिस्टीलरीका सञ्चालक तथा प्रोप्राइटर रोहित श्रेष्ठको भाइ सोभित श्रेष्ठको करोडौं रकम पर्ने घर जग्गा जोगाउनका लागि गंगादेवीको जग्गामा आँखा लगाएको पीडित पक्षको भनाइ छ ।

रोहित श्रेष्ठको निधन भएपछि उनको नामबाट निकालिएको ऋण असुल गर्न बैंकले सोभितप्रसाद श्रेष्ठको नामको सम्पतिबाट असुल गर्न छाडेर गंगादेवीको जग्गामा आँखा लगाएको छ । बैंकले आफ्नो बाँकी लेना ऋण असुल गर्न त्रिवेणी डिस्टीलरीका प्रोप्राइटर रोहित श्रेष्ठको भाइ सोभित श्रेष्ठले कम्पनीलाई दिएको व्यक्तिगत जमानीको धितो जग्गाबाटै बैंकको सम्पूर्ण लेना बाँकी रकम असुलउपर गर्न सकिने भए पनि त्यसलाई जोगाउन गंगादेवीको जग्गाबाट नै कटाउन लागिपरेका हुन् ।

राष्ट्रिय बाणिज्य बैंकलाई ऋण असुली न्यायाधिकरणले २०७२/११/९ गते पठाएको पत्र अनुसार पनि बैंकले गंगादेवीको १९ लाख ५० हजार रुपैयाँको दायित्व एकीन गर्न पर्नेमा बैंकका कर्मचारीहरु डिजीएम सुशील श्रेष्ठ, कर्जा प्रमुख भरत केसी, कर्जा उप प्रमुख सुदर्शन पन्त लगायतका गलत रिपोर्टिङ्गको आधारमा भर्खरै नवनियुक्त सिईओ किरण कुमार श्रेष्ठ बोर्ड मिटिङ्ग राखेर गंगादेवीको दायित्व एकीन गर्न सकिरहेका छैनन् ।

ऋण असुली न्यायाधिकरणले २०७२/११/९ गते बैंकलाई पठाएको पत्र (पत्रको प्रतिलिपिसहित)

DRT
तर, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु डिजीएम सुशील श्रेष्ठ, कर्जा प्रमुख भरत केसी, कर्जा उप प्रमुख सुदर्शन पन्त लगायतको टीम त्रिवेणी डिस्टीलरीका प्रोपाइटर रोहित श्रेष्ठको भाइ सोभितप्रसाद श्रेष्ठको नाता पर्ने उद्योग वाणिज्य महासंघ बुटवलका पूर्व अध्यक्ष समेत रहेका शंकर श्रेष्ठको प्रभावमा परेर गंगादेवीको नाममा लिएको ऋणलाई अख्तियार र ऋण असुली न्यायाधिकरणको नाम भजाएर अल्झाउने काम भइरहेको पीडित परिवारको आरोप छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

तपाइको मत