राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने

११ चैत्र ०७९, काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीले कसैसँग गठबन्धन नगरी चुनाव लड्ने बताएको छ ।

शुक्रबार बसेको पार्टीको बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय गरेको हो ।

रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको बताए ।